समाज


पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

नेपालखबर
पुस २४, २०८० मंगलबार १६:५१, काठमाडौँ

वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका ५ घर भई हाल काठमाडौं तार्केश्वर–८ जरंखु बस्ने वर्ष ३० की पूजा श्रेष्ठ रहेकी छन्।

पूजाले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्यान्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन्।

पीडितबाट पटकपटक गरी जम्मा २ लाख १५हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेकी पूजा श्रेष्ठमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad