ad ad

समाज


अनलाइनबाट ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालखबर
पुस २०, २०८० शुक्रबार १७:१६, काठमाडौँ

धनुषा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१४ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २१ को भाग्यनारायण यादव रहेका छन्।

पीडितले प्रयोग गर्ने मोबाइल नम्बरमा अननोन सोर्स भएको यूएलआर लिंक एसएमएसमार्फत् पठाई सोही लिंकको एक्सिज लिई पीडितको बैंक खातामा अनधिकृत रुपमा पहुँच पुर्‍याई खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेको प्रहरीको  अनुसन्धानका क्रममा खुलेको छ।

यादवलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .