ad ad

समाज


माया विकको बलात्कार र हत्याका चार अभियुक्तलाई जन्मकैद

माया विकको बलात्कार र हत्याका चार अभियुक्तलाई जन्मकैद

नेपालखबर
माघ २३, २०७६ बिहिबार ३:३९,

कैलालीको गौरीगंगा नगरपालिका-११ मसुरियाकी २१ वर्षीया युवती माया बिकको बलात्कार र हत्या कसुरमा चार अभियुक्तलाई जन्मकैद फैसला भएको छ।

बुधबार कैलाली जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले कैलालीको गौरीगंगा ११ का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई जन्मकैदको फैसला गरेको हो।

बलात्कार घटनामा अप्रत्यक्ष रुपमा संलग्न तपेन्द्र बोगटीलाई भने पाँच वर्ष कैद सजाय भएको अदालतका तहसिलदार एवं प्रवक्ता नरबहादुर नेगीले जानकारी दिए।

masuriya 1

जन्मकैदको सजाय पाउने सुरज र भुवन जबरजस्ती करणीमा समेत संलग्न भएको ठहर अदालतले गरेको छ।

गौरीगंगा नगरपालिकाको सामाजिक परिचालिकामा कार्यरत माया १० असार ०७५ मा बेपत्ता भएकी थिइन्। उनको शव चार दिनपछि सोही नपाको चपरथली सामुदायिक वनभित्र शव भेटिएको थियो।

सहकर्मी गणेश बडुवालले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा उनकै योजनामा मायाको बलात्कार र हत्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .