ad ad

समाज


कलंकीमा मध्यराति माेटरसाइकललाई ठक्कर दिएर टिपर भाग्याे, दुई युवाको मृत्यु

कलंकीमा मध्यराति माेटरसाइकललाई ठक्कर दिएर टिपर भाग्याे, दुई युवाको मृत्यु

नेपालखबर
माघ २३, २०७६ बिहिबार २:२८,

कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ।

बुधबार राति पौने १ बजे कलंकीको अन्डरपासमा नम्बर नखुलेको टिपरले ठक्कर दिँदा दुई युवाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ।

टिपरको ठक्करबाट रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको परिसर प्रमुख सई जंगबहादुर आले मगरले जानकारी दिए।

चौधरीद्वय प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार थिए।

‘टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो,’ मगरले नेपालखबरसँग भने, ‘ठक्कर दिने टिपरको नम्बर खुलेको छैन। हामी खोजी गरिरहेका छौँ।’

ठक्कर दिएपछि टिपर भागेकाले नम्बर नखुलेको उनले बताए। अन्डरपासमा राखिएको सीसी टिभीको सहायताले टिपर नम्बर पत्ता लगाउने प्रयास गरिए पनि सफल नभएको उनले बताए।

‘सीसी टिभीमा पूरै कालो मात्रै देखियो, नम्बर खुल्न सकेन,’ मगरले भने, ‘टिपर व्यवसायी महासंघसँग समन्वय गरेर अब टिपरको खोजी गरिने छ।’

मृतक युवाको शव पोष्ट मार्टमको लागि शिक्षण अस्पतालमै राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .