पशुपति मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भएको छ।
पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै सो क्षेत्रमा खिचिएको भिडिओ व्यवसायिक प्रयोजनका लागि प्रयोग भएको थाहा पाइएमा कारबाही हुने जानकारी समेत गराएको छ
‘यस पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘यहाँ खिचिएको भिडिओ सामग्री फेसबुक, इष्टाग्राम, टिकटक तथा युट्युबकमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट अन्तर्गत ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ।’
जसका लागि बुढासुब्बा डिजिटल प्रालिले स्वीकृत प्राप्त गरेको पनि कोषले सूचनामा जनाएको छ।
Shares
प्रतिक्रिया