ad ad

समाज


डलरको लोभमा पर्दा ठगिए दाजुभाइ, सात लाख लिएर भागे दुईजना

डलरको लोभमा पर्दा ठगिए दाजुभाइ, सात लाख लिएर भागे दुईजना

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १५:५५, काठमाडौँ

अमेरिकी डलरको लोभमा पर्दा भक्तपुरका दुई दाजुभाइ नराम्ररी ठगिएका छन्। 

सिन्धुलीको हरिहरपुर गढी नगरपालिका-४  घर भई हाल भक्तपुरमा बस्ने दुई दाजुभाइबाट अपरिचित व्यक्तिहरूले सात लाख भन्दा धेरै ठगेर लगेका हुन्। 

सिन्धुपाल्चोको लिसंखुपाखर गाउँपालिका-४ एक्काइसबाट ३८ वर्षीय गिरीमान मोक्तान र उनका भाइ ३२ वर्षीय नवीन मोक्ताको साथमा रहेको सात लाख बढी रकम दुईजनाले ठगेर लगेका हुन्। 

डलर सटही गर्ने भनी आएका अपरिचित दुई जनाले बोलाएर उनीहरूलाई झुक्याएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूलाई डलर भनेर २० रुपैयाँ गोटका ४२२ थानको जम्मा ८ हजार ४४० नेपाली रुपैयाँ रहेको झोला दिई ती अपरिचित व्यक्तिले ७ लाख नेपाली रुपैयाँ ठगेर लगेका हुन्। 

उक्त रकम ठगेर लाने व्यक्ति दोलखा घर बताउने करिब ३० वर्षीय रहेका प्रहरीले जनाएको छ। ६ फिट अग्ला उनले कालो ट्रयाक र खैरो हुडी लगाएको खुलेको छ। त्यस्तै खैरो टोपी र मोजामाथि चप्पल लगाएको पनि खुलेको छ।

त्यसैगरी ठगीमा संलग्न अर्का व्यक्ति दोलखा नै घर बताउने ३० वर्षीय रहेका छन्। करिब ६ फिट अग्ला उनले कालो ट्रयाकसुट लगाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .