ललितपुरमा डेरा कोठाभित्र प्रवेश गरी विभिन्न सामान चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुरको ठिमि नगरपालिका–९ घर भइ हाल बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवनको अयोध्यापुरी नगरपालिका–१२ घर भइ बाफल बस्ने ५६ वर्षीय राजकुमार बिश्वकर्मा रहेका प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिको ग्वार्को मिनि मार्केट नजिकै डेरा गरी बस्ने वर्ष २७ की सुमित्रा तामाङको डेराकोठाबाट मंसीर १८ गते नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चोरी भएको थियो।
सो घटनामा सीसीटीभी फुटेज तथा प्राविधिक विश्लेषण समेतको अनुसन्धानको क्रममा खुल्न आएका चोरी गर्ने भुवन श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयबाट खटीएको टोलीले पुस १३ बाफलबाट चोरी भएका विभिन्न सामानसहित पक्राउ गरेको थियो।
प्रहरीले चोरीको बिगो लिनेखाने तथा मास्ने कार्यमा संलग्न रहेको आरोपमा बाफलस्थित सुनचाँदीको पसल गरी बस्ने राजकुमार बिश्वकर्मालाई समेत पक्राउ गरेको हो।
बरामद सामानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरुको साथबाट चोरीमा प्रयोग भएको बा९६प ५५४४ नम्बरको स्कुटी, कालो लेदरको झोला, स्वरुप परिवर्तन गरिएको सुन– ७५ लाल लगायत सामान बरामद भएको छ।
Shares

प्रतिक्रिया