ad ad

समाज


पश्चिमी वायुले नेपालको मौसम बदली, उच्च भूभागमा हिमपातको सम्भावना

पश्चिमी वायुले नेपालको मौसम बदली, उच्च भूभागमा हिमपातको सम्भावना

नेपालखबर
पुस १७, २०८० मंगलबार ६:३५, काठमाडौँ

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा आज राति हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

तराई/मधेशका जिल्लामा भने बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .