आज (आइतबार) राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्प २०७२ सालको महाभूकम्पकै परकम्प भएको भूकम्पविद्ले बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि राति १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो।
यो नयाँ भूकम्प नभएर २०७२ सालमा गएको विनाशकारी भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालखबरलाई बताए।
‘यो ७२ कै परकम्प हो’, उनले भने, ‘यत्तिको भूकम्पमा क्षति हुने सम्भावना निकै कम हुन्छ।’
561
Shares

प्रतिक्रिया