समाज


आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

नेपालखबर
पुस १५, २०८० आइतबार ७:३४, काठमाडौँ

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन्। हरेक वर्ष १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै आएका छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। 

तमु ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। यही भएर तमु ल्होसार पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागतको रुपमा पनि तमु ल्होसार मनाउने चलन छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको तमु संस्कृतिविदहरुको भनाई छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ।

जानकारहरुका अनुसार गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। 

पछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad