ad ad

समाज


चोलेन्द्रका नाममा ‘घूस उठाउने’ न्यायाधीश न्यायपरिषद् तानिए

चोलेन्द्रका नाममा ‘घूस उठाउने’ न्यायाधीश न्यायपरिषद् तानिए

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८० बुधबार १६:१४, काठमाडौँ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर मुद्दामा सेटिङ गरेको आरोप लागेका उच्च अदालतका न्यायाधीश नवराज थपलियाको जिम्मेवारी खोसिएको छ। 

उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्‍मा तानिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसद श्रेष्ठले थपलियालाई न्याय परिषद्‍मा तान्ने टिप्पणी सदर गरेका हुन्। 

न्याय परिषद्‍ले यसअघि नै थपलियामाथि छानबिन गरी कारबाही गर्ने निर्णय गरिसकेको छ। उनलाई सफाइ पेस गर्न अन्तिम मौकास्वरूप स्पष्टीकरण सोध्ने निर्णय आइतबारको बैठकले निर्णय गरिसकेको छ। 

थपलियालाई प्रधानन्यायाधीश राणाले २०७५ चैत १९ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया काम गरेको पुष्टि भएको उल्लेख छ। 

न्यायाधीश श्रेष्ठ नेतृत्वको जाँचबुझ समितिले गत वर्ष नै बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया बनेर मुद्दाका पक्षहरूबाट ठूलो रकम उठाउने गरेको औँल्याएको छ।

उनले तत्कालीन प्रधानन्यायाधीश राणाको नाम लिएर सबै प्रकारको सेटिङ मिलाइदिने र त्यसका लागि रकम आवश्यक पर्ने भनेर बिचौलियाको भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

थपलियाले लैनचौरस्थित होटल एम्बासडरमा एक महिलासँग ६० लाख रुपैयाँ बुझेको तथ्य जाँचबुझका क्रममा फेला परेको थियो। ती महिला सम्पत्तिसम्बन्धी मुद्दामा कानुनी लडाइँमा थिइन्।

थपलियाले युनिटी ठगी प्रकरणमा पनि मुद्दा मिलाइदिने भनेर ३ करोड रुपैयाँको चलखेल गरेको पाइएको छ।

सर्वसाधारणबाट ६ अर्ब रुपैयाँभन्दा बढी ठगीको अभियोग लागेका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरूबाट उनले त्यो रकम लिएको विवरण प्रतिवेदनमा थियो। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .