ad ad

समाज


कोरियामा एक हप्ताभित्र ४ नेपालीको मृत्यु

कोरियामा एक हप्ताभित्र ४ नेपालीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८० बुधबार १४:३०, काठमाडौँ

दक्षिण कोरियामा एक हप्ताभित्र चार जना नेपालीको मृत्यु भएको छ।

विभिन्न दुर्घटनामा परी सोलुखुम्बु नेचासल्यानका रञ्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो।

पछिल्लोपटक गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो। 

यस्तै छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा कार्यरत स्याङ्बाको दुर्घटनामा परी शुक्रबार मृत्यु भएको र थेगु क्षेत्रमा कार्यरत बिरामी मगरको उपचारका क्रममा मृत्यु भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .