हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ।
देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको संभाबना पनि रहेको महाशाखाले जनाएको छ।
यतिबेला देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट हुनसक्ने असरबाट बच्नको लागि आवश्यक उपायहरु अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
33
Shares

प्रतिक्रिया