ad ad

समाज


मौसम महाशाखाको २४ घण्टे चेतावनी- देशभर तापक्रम घट्दो छ, चिसोबाट बच्नुहोला

मौसम महाशाखाको २४ घण्टे चेतावनी- देशभर तापक्रम घट्दो छ, चिसोबाट बच्नुहोला

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८० शनिबार ८:५५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्दो तथा विभिन्न स्थानमा वर्षा र हिमपातका कारण चिसो बढ्ने सम्भावना देखिएकाले यसको असरबाट बच्ने उपाय अपनाउन आमनागरिकलाई सुझाव दिएको छ। 

मौसम महाशाखाले आज (शनिबार) बिहान ६ बजे ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’ जारी गर्दै चिसोले स्वास्थ्यमा पार्नसक्ने असरबाट जोगिन सचेत गराएको हो।  

महाशाखाको २४ घण्टे चेतावनीमा भनिएको छ– सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा देशभरि तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन हुन सबैमा अनुरोध छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

यस्तै आज राति पनि कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने कोशी, गण्डकी, कर्णाली र सदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

मौसम महाशाखाका अनुसार भोलि आइतबार बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .