ad ad

समाज


चितवनमा गैंडाले हान्दा महिला घाइते, अर्को जंगलमा वृद्धको कंकाल भेटियो

चितवनमा गैंडाले हान्दा महिला घाइते, अर्को जंगलमा वृद्धको कंकाल भेटियो

फाइल तस्बिर


नेपालखबर
पुस ६, २०८० शुक्रबार १३:१२, काठमाडौँ

चितवनको रत्ननगर नगरपालिका-७ की एक महिलालाई घाँट काट्न जंगलमा गएका बेला गैंडाले हानेको छ।

बिहीबार घाँस काट्न गएकी ५५ वर्षीया शान्ति कुमारी तामाङ स्थानीय बागमारा सामुदायिक वनमा घाँस काट्न गएकोमा गैंडाले आक्रमण गेको हो।

गैंडाले हान्दा घाइते भएकी उनलाई उपचारर्थ नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ। 

उता चितवनकै राप्ती नगरपालिका-१२ का ८३ वर्षीय जंगे तामाङको कंकाल जंगलमा फेला परेको छ। 

स्थानीयहरू घाँस काटन जाँदा खोल्सामा मानव कंकाल र कपडा फेला परेपछि सनाखत गरिएको थियो।

कपडाको आधारमा उक्त कंकाल ८३ वर्षीय जंगे तामाङको भएको आफन्तले बिहीबार सनाखत गरेका हुन्। 

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार उनी गत वैशाख २६ गतेदेखि हराइरहेका थिए। मुचुल्कापछि उक्त मानव कंकाल पोस्टमार्टका लागि भरतपुर सरकारी स्पताल पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .