ad ad

समाज


आजको मौसम : चिसो बढ्ने, वर्षा नहुने

आजको मौसम : चिसो बढ्ने, वर्षा नहुने

नेपालखबर
पुस ६, २०८० शुक्रबार ६:२७, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला देशभरको मौसम आंशिक बदली भएको छ। 

शुक्रबार दिउँसो पनि देशभरको मौसम आंशिक बदलीकै अवस्थामा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कतै पनि वर्षा र हिमपातको सम्भावना भने छैन। 

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

शनिबार (भोलि) सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

त्यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ। कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भने शनिबार राति हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना

अहिले देशभरिको तापक्रम घट्ने क्रममा छ। तापक्रम घट्दा चिसो बढ्ने हुँदा त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .