ad ad

समाज


वीरका निर्देशक पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वीरका निर्देशक पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८० मंगलबार १५:५६, काठमाडौँ

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ।
 
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पौडेललाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो। 

त्यसअघि सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण मागेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले उनलाई गत मंसिर १४ गतेदेखि पदबाट हटाउने निर्णय गरेका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विभिन्न आरोपसहित पदबाट हटाएपछि पौडेल मंसिर १८ गते सर्वोच्च पुगेका थिए। 

मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउनुको कारण खुलाएका थिएनन्। पदमा पुनर्वहाली भएपछि पौडेलले मंगलबारबाटै जिम्मेवारी सम्हालेर काममा सक्रिय हुने बताएका छन्। 

१५ महिना कार्यावधि बाँकी छँदै राजनीतिक हटाइएपछि पौडेल अदालत पुगेका थिए। पौडेलले आफूलाई अन्यायपूर्वक हटाएको भन्दै मन्त्री बस्नेतको शैलीलाई अधिनायकवादीको आरोप लगाएका थिए।

मंसिर १४ गते मन्त्रालयले कर्मचारी प्रशासन शाखाका उपसचिव कृष्ण थापाको हस्ताक्षरमा एउटा पत्र पठाएर उनलाई हटाइएको थियो।

‘तपाईँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा रहनुभएकोमा अर्को निर्णय नभएसम्म निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी मिति २०८०।०८।१५ गतेदेखि यस मन्त्रालयमा हाजिर गर्न आउनुहुन यस मन्त्रालय (मा मन्त्रीस्तर) को मिति २०८०।०८।१४ को निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .