समाज


देशभर तापक्रम घट्दै छ, सतर्कता अपनाउनुहोला : मौसम महाशाखा

देशभर तापक्रम घट्दै छ, सतर्कता अपनाउनुहोला : मौसम महाशाखा

फाइल फाेटाे


नेपालखबर
पुस २, २०८० सोमबार १८:१३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेकाले सजगता अपनाउन सुझाव दिएको छ। 

महाशाखाले आज (सोमबार) साँझ ६ बजे ‘आगामी २४ घण्टा (मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श’ जारी गरेको हो। 

जसमा भनिएको छ, ‘देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन सबैमा अनुरोध छ।’

मौसम महाशाखाका अनुसार आज राति कोशी, मधेश, र बागमती  प्रदेशमा आंशिक बदली (आकाशमा बादल) देखि सामान्यतया सफा तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा (प्रायः आकाश खुला) रहनेछ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै मंगलबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad