ad ad

समाज


कोरोना भाइरसबाट हङकङमा पनि एक जनाको मृत्यु

कोरोना भाइरसबाट हङकङमा पनि एक जनाको मृत्यु

मगेन्द्र राई
माघ २१, २०७६ मंगलबार ३:४०,

काेराेना भाइरसको संक्रमणबाट हङकङमा पनि एक जनाकाे मृत्यु भएको छ। 

यो भाइरसकाे उत्पत्तिस्थल चीनबाहिर यसको संक्रमणबाट मृत्यु भएको यो दोस्रो घटना हो।

कोरोना भाइरस संक्रमणका कारण बिरामी ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

याे भाइरसको संक्रमणबाट हङकहङमा मानिसको मृत्यु भएको यो पहिलो घटना हो।

न्यु काउलुनको लाई चि कोकस्थित प्रिन्स मार्गरेट अस्पतालमा उनकाे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।

यही जनवरी २१ तारिख ती व्यक्ति उच्च गतिको रेलबाट कोरोना भाइरस उत्पन्न भएको स्थल- चीनको उहान पुगेका थिए। जनवरी २३ तारिख चीनकै चाङसान काउन्टीबाट हङकङ फर्किएका उनी गत हप्ता मांसपेशी दुख्ने र ज्वरो आउने समस्याले थलिएका थिए।

उपचारका लागि याउमा तेईस्थित क्विन एलिजावेथ अस्पताल गएका उनकाे परीक्षण गर्दा कोरोना भाइरस भेटिएकाे थियाे। त्यसपछि उपचारका लागि प्रिन्स मार्गरेट पुर्‍याइएका उनकाे उपचार क्रममा मंगलबार बिहान मृत्यु भएकाे हाे। 

घटनाबारे थप विवरण आजै दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने अस्पतालका प्रवक्ताले बताएका छन्। 

ती व्यक्ति हङकङका १३औं संक्रमित थिए। कोरोनाबाट संक्रमित १५ जनामध्ये एक जना उनको मृत्यु भएको हो।

योसमेत गरेर कोरोनाको उदगमस्थल चीनबाहिर कोरोनाबाट मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ। यसअघि आइतबार फिलिपिन्समा कोरोना संक्रमणबाट एक चिनियाँकै मृत्यु भएको थियो।

याे पनि : कोरोना अपडेट: मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, संक्रमित २० हजारभन्दा बढी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .