ad ad

समाज


कर्णाली र सुदूरपश्चिममा मौसम बदली, तराई-मधेशमा हुस्सु/कुहिरो

कर्णाली र सुदूरपश्चिममा मौसम बदली, तराई-मधेशमा हुस्सु/कुहिरो

फाइल तस्बिर


नेपालखबर
मंसिर ३०, २०८० शनिबार ६:३४, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ।

तराई मधेशसहित देशका बाँकी भू-भागको मौसम आज सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

तराई मधेशका थोरै स्थानमा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेको छ। आज देशका कतै पनि पानी पर्ने अवस्था भने छैन। 

शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। 

कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।  देशको बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .