ad ad

समाज


सुर्तीजन्य पदार्थबारे अदालतको आदेश सहन सकिँदैन : भीमार्जुन आचार्य

सुर्तीजन्य पदार्थबारे अदालतको आदेश सहन सकिँदैन : भीमार्जुन आचार्य

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १८:२३, काठमाडौँ

वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले सुर्तीजन्य पदार्थको बिक्री खुलाउने उच्च अदालत पाटनको आदेश सहन नसकिने बताएका छन्। 

उच्च अदालत पाटनले शुक्रबार सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न काठमाडौँ महानगरपालिकालाई आदेश दिएपछि आचार्यको प्रतिक्रिया आएको हो। 

‘अदालतको आदेशमा सहमत हुन सकिएन। महानगरपालिकाको निर्णय सार्वजनिक स्वास्थ्यका दृष्टिकोणले पनि उचित नै थियो’, उनले भनेका छन्, ‘कानूनको पालना सबैले गर्नु पर्छ। तर कानूनको व्याख्या जनहित मै हुनुपर्छ।’ 

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले महानगरका नाममा सुर्तीजन्य पदार्थको बिक्री नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

श्रीराम टोबाको उद्योगसहित सुर्तीजन्य पदार्थसम्बन्धी व्यवसायीका पक्षबाट गत मंसिर २६ गते दायर भएको रिटमा यस्तो आदेश आएको हो। 

काठमाडौं महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ।  महानगरपालिकाले यो व्यवस्था मंसिर २८ देखि कार्यान्वयनमा ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .