ad ad

समाज


डा राजभण्डारी र माहुरी होमलाई मानवाधिकार पुरस्कार प्रदान गरिने

डा राजभण्डारी र माहुरी होमलाई मानवाधिकार पुरस्कार प्रदान गरिने

नेपालखबर
मंसिर २४, २०८० आइतबार २२:१४, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई यस वर्ष प्रदान गरिने पुरस्कारबाट पुरस्कृतहरुको नाम सार्वजनिक गरेको छ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनलाई स्मरण गर्दै मन्त्रालयले एकजना व्यक्ति र एउटा संस्थालाई २०८० का लागि प्रदान गरिने पुरस्कारका लागि छनोट गरिएकाहरुको नाम आज सार्वजनिक गरेको हो।

व्यक्तितर्फ डा रेणु राजभण्डारीलाई र संस्थातर्फ मधेस मानव अधिकार गृह (माहुरी होम)लाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।

डा राजभण्डारीलाई उनले किशोरी, श्रमिक महिला, वैदेशिक रोजगारीमा गएका महिला, वैदेशिक रोजगारीबाट फर्केका महिला, भूमिहीन महिला, दलित महिला, ट्रान्स महिला, मधेसी महिला, मानव बेचबिखनको जोखिममा परेका वा बेचबिखनमा परेका महिला, मनोरञ्जन क्षेत्रका महिलाको रक्षालगायत महिला अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरी मानव अधिकारको संरक्षण र सम्मानमा पुर्‍याएको योगदानका लागि यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, संस्थातर्फ माहुरी होमलाई उक्त संस्थाले अधिकारबाट वञ्चितीकरणमा परेका व्यक्ति, जाति, वर्ग तथा समुदायका लागि वकालत गर्दै त्यस्ता वञ्चितीकरणमा परेकाको न्यायमा पहुँचको सुनिश्चितताका तथा समाजमा सहअस्तित्व सद्भाव र शान्तिका लागि कार्य गरी मानव अधिकारको संरक्षण र संवर्द्धनको क्षेत्रमा पुर्‍याएको योगदानका लागि मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

मन्त्रालय एक विशेष कार्यक्रम आयोजना गरी छिट्टै पुरस्कार वितरण गरिने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .