ad ad

समाज


प्रसाईंको घाँटीमा समस्या, ९ दिनसम्म नबोल्ने

प्रसाईंको घाँटीमा समस्या, ९ दिनसम्म नबोल्ने

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार २०:३, काठमाडौँ

गणतन्त्रविरोधी अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ। देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ।

झापास्थित प्रसाईंकै स्वामित्वको बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको हो।

अब उनी ९ दिनसम्म बोल्न नमिल्ने चिकित्सकहरूले बताएका छन्।

प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीका अनुसार, प्रसाईंको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको र यसअघि पनि शल्यक्रिया भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .