ad ad

समाज


ऋतुको गजल संग्रह ‘चिनारी’ सार्वजनिक

ऋतुको गजल संग्रह ‘चिनारी’ सार्वजनिक

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १८:५७, काठमाडौँ

साहित्यकार तथा कांग्रेस नेतृ रीता शाही (ऋतु) को गजल संग्रह ‘चिनारी’ सार्वजनिक भएको छ।

बिपी स्टडि सर्कलद्वारा आयोजित कार्यक्रमबीच नेपाली कांग्रेस नेता तथा सांसद डा. शेखर कोइरालाले गजल संग्रहको विमोचन गरे।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बुढिनन्दा नगरपालिकामा जन्मिएकी शाहीको दोस्रो कृति हो। उनले यसअघि २०७३ सालमा ‘तीतामिठा पलहरु’ नामक गजल संग्रह प्रकाशन गरेकी थिइन्।

सार्वजनिक गजल संग्रह ‘चिनारी’ को समीक्षा आख्यानकार ममता अब्दुलले गरिन्। शाहीको साहित्त्य कोशेली ‘चिनारी’ले समाजको यथार्त चित्रण गरेको उनको भनाई थियो।

त्यसैगरि, डा शेखर कोइरालाले रीता साहित्यक मात्रै नभई राजनीतिमा समेत सक्रिय युवा नेतृ भएको भन्दै प्रशंसा गरे।

‘रीता शाही आफैमा एक मेहनती युवा हुन्। उनी साहित्यमा मात्रै नभएर राजनीतिमा समेत सक्रिय महिला हुन्। नेपाली कांग्रेस जस्तो पार्टीले उहाँप्रति विश्वास गरिसकेको छ। त्यहि भएर पार्टीले उहाँलाई उपमेयरमा समेत प्रतिस्पर्धा गराइसक्यो।’

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उपमेयरमा प्रतिस्पर्धा जनाएकी शाही कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय प्रतिनिधि समेत हुन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रीता शाहीले सानै उमेरमा धेरै प्रगती गरेको भन्दै तारिफ गरे।

उनले भने,‘धेरै मान्छेहरु २५ वर्षको उमेरमा आइपुग्दासम्म केही गरेका हुँदैनन्। रीता शाहीले स्वास्थ्य, समाजसेवा र साहित्यका क्षेत्रमा धेरै गरिसक्नु भएको छ। शाहीका रचनामा राजनैतिक चेतना समेत पढ्न पाउँदा खुसी लाग्यो।’

शाहीले सार्वजनिक कृतिलाई आफ्नो दोस्रो सन्तानका रुपमा हेरेको बताइन्।

‘यस कृतिलाई मैले दोस्रो सन्तानको रुपमा हेरेको छु। साहित्य भनेको समाजको ऐना हो। समाजमा जे भईरहेको छ। त्यो कुरा साहित्यक लेखनबाट दर्शाउन सकिन्छ। त्यसभित्र पनि गजल विधाको छुट्टै महत्व छ। मैले कोरेका गजल सेरले समाज बोलेको छ।’

आधादर्जन बढी सांगीतिक एल्वमहरु निकालिसकेकी शाहीले समाजसेवामा समेत सक्रिय छिन्। समाज सेवाका क्रममा देखेका र भोगेका कुराहरु समेत शाहीले आफ्नो गजल संग्रह चिनारीमा समेटेकी छिन्।

गजल संग्रहको बिक्रीबाट आएको रकम दिनदुखीहरुलाई सहयोग गरिने समेत बताइएको छ। शाही २०७७ सालमा द्वारीका देवी ठकुरानी राष्ट्रिय साहित्य सम्मान र कोभिड १९ हिरो अवार्ड अमेरिकाबाट सम्मानीत भएकी थिइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .