ad ad

समाज


लालुपाते सहकारीको बचत रकम ठगी मुद्दामा सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना जेल चलान

लालुपाते सहकारीको बचत रकम ठगी मुद्दामा सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना जेल चलान

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ८:३२, काठमाडौँ

खोटाङस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। 

खोटाङ जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा क्याप्टेन सुनिलसहित उनकी पत्नी रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल बिहीबार साँझ जेल चलान भएका हुन्।

क्याप्टेन सुनिल सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीका सहोदर भाइ हुन्। अनिलको भने मृत्यु भइसकेको छ। 

सुनिल र उनकी श्रीमती रविनालाई गत असोज १३ गते तथा प्रबन्धक जोशीलाई सोही महिनाको १७ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो। 

तत्कालीन अध्यक्ष जोशीको निधनपछि २०७८ वैशाख–१६ गतेदेखि उक्त सहकारी बन्द छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .