ad ad

समाज


एमाले नेताले सरकारी विद्यालयमा स्थापना गरे एक लाखको अक्षयकोष

एमाले नेताले सरकारी विद्यालयमा स्थापना गरे एक लाखको अक्षयकोष

नेपालखबर
मंसिर १३, २०८० बुधबार ७:४२, सर्लाही

नेकपा (एमाले) सर्लाहीका एक नेताले हरिवन नगरपालिका- ८ बेतालीमा रहेको जनजागृति माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। 

आफ्ना स्वर्गीय बुवा बालकृष्ण वाग्लेको स्मृतिमा उनका कान्छा छोरा चुडामणि वाग्लेले विद्यालयमा अक्षय कोष स्थापना गरेका हुन्।

सो अक्षयकोषको ब्याजबाट हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याएर उतिर्ण हुने एक छात्रा र एक छात्रलाई पुरस्कार प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ। 

मंगलबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री एवं सर्लाही ३ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हरि उप्रेतीले विद्यालयलाई अक्षय कोषको रकम हस्तान्तरण गरे।

यो वर्ष उक्त कोषको रकमबाट कक्षा ८ मा प्रथम भएकी शिवानी बोम्जन र दोस्रो हुने तेज बहादुर बस्नेतलाई जनही दुई हजार पाच सय रुपैयाँ प्रदान गरिएको छ। 

कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश वुढाथोकी, हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद भट्टराई, प्रधानाध्यापक चन्द्र मोहन झा लगायतको उपस्थिति थियो। 

लामो समय पत्रकारिता गरेका वाग्ले हाल एमाले सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष छन्। 

समाजलाई सकारात्मक सन्देश दिन र सामुदायिक विद्यालयको पठनपाठनमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले विद्यालयमा अक्षयकोषको स्थापना गरेको वाग्लेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .