समाज


दुई–दुई मिनेटमा आफैँले बटन थिचेर बाटो काट्न सकिने ट्राफिक लाइट (तस्बिर)

दुई–दुई मिनेटमा आफैँले बटन थिचेर बाटो काट्न सकिने ट्राफिक लाइट (तस्बिर)

सरोज नेपाल
मंसिर ११, २०८० सोमबार १९:३२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको छ। यो, जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो।

यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो। यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि सार्वजनिक स्थलमा नमुना परीक्षणका लागि राख्ने योजना बनेको काठमाडौँ महानगरले जनाएको छ। 
 

महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार, सडकको चौडाइ धेरै भएकोले बबरमहलमा ४ वटा पोल राखिएका छन्।

‘पैदलयात्रीले स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ। एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ। यसलाई ४० सेकेण्ड बनाउने हो कि भन्ने छलफल भइरहेको छ,’ खरेले भने, ‘पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन्। अर्थात् २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ।’ 

बबरमहलको परिक्षणपछि नतिजाका आधारका महानगरपालिकाका ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना छ।

बबरमहलमा राखिएको प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ। २ वटा मात्र पोल राख्ने हो भने ५ लाख ४० हजार रुपैयाँ लागत आउँछ।

बबरमहलको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट बिजुलीको आपूर्ति गरिएको छ।

सडकको वारी र पासी सरकारी कार्यालय भएकाले कर्मचारीसँग सेवाग्राहीको चाप हुने गरेको छ।

प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएको महानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .