ad ad

समाज


कालीगण्डकीमा हाम फालेका व्यक्तिको प्रहरीद्वारा उद्धार

कालीगण्डकीमा हाम फालेका व्यक्तिको प्रहरीद्वारा उद्धार

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर १०, २०८० आइतबार १४:१, काठमाडौँ

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-५, राम्दीस्थित कालिगण्डकी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार शनिबार अन्दाजी ५ः४५ बजे पाल्पाको माथागढी गाउँपालिका-३, खहरे बस्ने वर्ष २३ को पदम विकले नदीमा हाम फालेका थिए।

लुगा र झोला नदीमा फाली आफूसमेत नदीमा हाम फालेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी राम्दीबाट प्रहरी टोली खटेर उनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई उद्धार गरी चौकीमा ल्याएर आफन्तको जिम्मा लगाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .