ad ad

समाज


मौसमी फ्लुको संक्रमणले ३० विद्यार्थी बिरामी

मौसमी फ्लुको संक्रमणले ३० विद्यार्थी बिरामी

नेपालखबर
माघ १८, २०७६ शनिबार ७:४४,

मौसमी फ्लुको संक्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन्।

वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए।

विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये ३० बिरामी परेका छन्। तीमध्ये तीन सिकिस्त बिरामी छन्। तीन दिनदेखि विद्यालयमा संक्रमण फैलिएको सागरले बताए। शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा संक्रमण देखिएको बताइएको छ। एकैसाथ ठूलो संख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ।

धुलाचौर स्वास्थ्य एकाइमा उपचार गराउँदा बिरामीलाई एक–अर्कासँग सम्पर्क नगराउन र आरामसहित उपचारमा राख्न सुझाव दिइएको छ । सिकिस्त बिरामी परेका नवीन विक, दीक्षा विक र सृष्टि रावललाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाइएको विद्यालयले जनाएको छ। विद्यालयका सञ्चालक शंकर मल्लले विद्यार्थीमा देखिएको लक्षणबारे जिल्ला अस्पताललाई समेत जानकारी गराइसकेको बताए।

बिरामी विद्यार्थीमा शुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने तथा उठ्न नसक्ने लक्षण देखिएको छ। जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जटिल प्रकृतिको अवस्था भए आफूहरुले पनि त्यसलाई प्रत्यक्ष निगरानीमा राख्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .