मध्यराति काठमाडौँमा भूकम्पको धक्का गएको छ।
केही बेरअघि राति काठमाडौँमा भूकम्पको कडा धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
‘राति १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो’, नेपालखबरसँग उनले भने।
भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामा पनि महसुस गरिएको सर्वसाधारणले सामाजिक सञ्जालमा लेखेका छन्।
3.4k
Shares
प्रतिक्रिया