ad ad

समाज


मोटरसाइकल पल्टिँदा सिन्धुलीमा दुई युवाको मृत्यु

मोटरसाइकल पल्टिँदा सिन्धुलीमा दुई युवाको मृत्यु

नेपालखबर
माघ १८, २०७६ शनिबार ४:२५,

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ।

बीपी राजमार्गमा पर्ने गडौली पुल नजिक गए राति १ बजे दुर्घटना भएको हो।

दुर्घटनामा प्रदेश २-०२-००१ प २५१० नम्बरको मोटरसाइकल चालक धनुषाको महेन्द्रनगर नगरपालिका २ का २४ वर्षीय सुनिलकुमार राय र धनुषाकै छिरेश्वरनाथ नगरपालिका ६ का २२ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ।

मध्यराति उनीहरुको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

तिब्रगतिका कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। सिन्धुलीबाट बर्दिबास तर्फ जाँदै गरेको अबस्थामा मोटरसाइकल दुर्घटनामा परेको हो।

‘राति १ बजे यात्रुले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको हो,’ डिएसपी खत्रीले नेपालखबरसँग भने, ‘सडकबाट १५ फिट तल मोटरसाइकलसँगै दुई युवाको शव थियो।’

हाल शव जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ। शव बुझ्नको लागि आफन्तलाई खबर गरिएको प्रहरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .