समाज


आज मौसम कहाँ कस्तो रहला?

आज मौसम कहाँ कस्तो रहला?

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार ७:५०, काठमाडौँ

पश्चिमी वायुको आंशिक प्रभावले हाल (मंगलबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) भएको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा (आकाश खुला) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार आज राति लुम्बिनी प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार एक/दुई ठाउँमा मात्र सम्भावना देखिनु भनेको सम्भावना कम हुनु हो। 

यसैबीच आज काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। 

‘उपत्यकामा त्यस्तो वर्षा वा हिमपातको सम्भावना छैन’, उनले भने, ‘अहिले मौसममा खासै ठूलो फेरबदलको सम्भावना देखिन्न। सामान्यतया मौसम सफा नै रहने देखिन्छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.३ डिग्री सेल्सियस मापन भएको छ। यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिनेछ, जतिबेला देशका अन्य स्थानका तापक्रम विवरण पनि आउनेछ।  

मौसमविद्का अनुसार न्यूनतम तापक्रम भनेको २४ घण्टामा देखिएको सबैभन्दा कम तापक्रम हो, जुन बिहान ५:४५ देखि ८:४५ भित्र को मापन गरिन्छ। यस्तै अधिकतम तापक्रम भनेको २४ घण्टामा देखिएको सबैभन्दा बढी तापक्रम हो, जुन दिउँसो २:४५ बजेदेखि साँझ ५:४५ बजेभित्र मापन गरिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .