ad ad

समाज


विपिन जोशीको अवस्था यकिन गर्न सकिएन, खोजी जारी छ : दूतावास

विपिन जोशीको अवस्था यकिन गर्न सकिएन, खोजी जारी छ : दूतावास

फाइल तस्बिर : विपिन जोशी


नेपालखबर
मंसिर ४, २०८० सोमबार ८:४६, काठमाडौँ

इजरायलमा हमास समूहको बन्धकमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशी अझै फेला नपरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। 

इजरायलयको तेल अभिभस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत अक्टोबर ७ मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगिएका कञ्चनपुरका विपिनको पछिल्लो अवस्था एकिन गर्न नसकिएको जानकारी दिइएको हो।  

यद्यपि उनको खोजी जारी रहेको दूवतावासले जनाएको छ। 

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुत्ज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .