ad ad

समाज


रुपन्देही बार नयाँ भवनमा

रुपन्देही बार नयाँ भवनमा

प्रकाश न्यौपाने
माघ १७, २०७६ शुक्रबार ८:५७,

नेपाल बार एशोसिएसनका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायमा सबैको पहुँच पुग्नु पर्ने बताएका छन्। उनले पहुँच अभावकै कारण पीडितले न्याय नपाउने अवस्था आउन नहुने तर्क गरे।

रुपन्देही जिल्ला अदालत बार एशोसिएसनको स्वर्णमहोत्सव एवं नवनिर्मित बार भवन उदघाटन तथा कानुनी चर्चा स्मारिका विमोचन गर्दै उनले भने, ‘बार र बेन्चको सम्बन्ध सधैँ सुमुधुर हुनुपर्छ।’

अध्यक्ष श्रेष्ठले न्याय सम्पादन स्वतन्त्र हुनुपर्नेमा समेत जोड दिए। ‘न्याय मूर्तिले न्यायिक आदेश र फैसला गर्दा गम्भिरता र स्वतन्त्रतालाई विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘न्यायको पैरबी गर्ने न्यायाधीश र कानुन व्यवसायी कहीँकतै चुक्नु हुँदैन।’ उनले कानुन व्यवसायीलाई आचारसंहिता पालना गरी दक्षता अभिबुद्धिमा लाग्न आग्रह गरे। अध्यक्ष श्रेष्ठले पछिल्लो समय न्यायाधीश नियुक्त स्वतन्त्र ढंगले नभएको समेत बताए।

पछिल्लो समय न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने थलो मात्रै हुन थालेको भन्दै उनले असन्तुष्टी व्यक्त गरे। तुलसीपुर उच्च अदालत, बुटवल इजलाशका मुख्य न्यायाधीश बाबुराम रेग्मीले कानुन व्यवसायी आवाजविहीनहरुको आवाज भएको बताउँदै आचारसंहिता पालना गरेर काम गर्न गर्न आग्रह गरे। रेग्मीले सपथ खाएर आएका न्यायाधीशले न्याय निरुपण गर्दा सपथलाई सम्झीई गम्भीर भएर निर्णय एवं आदेश गर्नुपर्ने जनाए।

प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले न्याय सम्पादनमा पूर्वाग्रह हुन नहुने बताए। पूर्व सभासद् आदित्य नारायण कसौधनले नागरिकलाई न्याय दिने सबालमा न्यायाधीशहरु चुक्न नहुने बताउँदै कानून व्यवसायीले पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। कार्यक्रममा जिल्ला अदालत बार एशोसियसन अध्यक्ष नरसिंह चौधरी, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, रुपन्देही जिल्ला अदालत बार एशोसिएसन भवन निर्माण समितीका संयोजक एवं वरिष्ठ अधिवक्ता कमलराज जोशी, सदस्य सचिव राममणि भूर्तेललगायतले बोल्दै न्याय सम्पादनमा गम्भीरता भए मात्रै कानूनी राज्यको अनुभूति नागरिकले पाउने जनाए।

जिल्ला बार वि.सं २०२४ सालमा स्थापना भएको हो। २०६२ सालमा तत्कालीन जिल्ला बारका अध्यक्ष शिवप्रसाद गौडेलको पहलमा तत्कालीन न्यायाधीश सुरेन्द्र सिंह बस्न्यातले बारको भवन बनाउन पहल गरेका थिए। उनले सर्वोच्च अदालतबाट निर्णय गराएर जमिन उपलब्ध गराएका हुन्। सोही जग्गामा एक करोड ३७ लाखको लागतमा बारको सुविधा सम्पन्न भवन बनाइएको हो। तीन तल्ले भवनमा १५० जना अट्ने सभाहल समेत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .