ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूबाट एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ।
यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ।
उनीहरूबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
समाचारकक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ।
नेपालगञ्ज र बुटवलबाट काठमाडौं आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो। रासस
126
Shares
प्रतिक्रिया