ad ad

समाज


सोमबार अपरान्ह पनि भूकम्पको धक्का

सोमबार अपरान्ह पनि भूकम्पको धक्का

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १६:३८, काठमाडौँ

सोमबार अपरान्ह पनि नेपालको मध्य र पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

जाजरकोटको रामिडॉडा केन्द्रबिन्दु भएर अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्यूडको परकम्प गएको वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीले बताए।

उक्त कम्पन गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको बताइएको छ। 

यो परकम्पले जाजरकोट, सुर्खेत, रूकुम पूर्व, सल्यान, दाङ, कालिकोट, कैलाली र रुकुम पश्चिमसहितका जिल्लामा धक्का महसुस भएको छ।

केही सर्वसाधारणले यो भूकम्पको धक्का काठमाडौंसहितका स्थानमा पनि हल्का महसुस भएको बताएका छन्।

कालिकोटस्थित पत्रकार विष्णु न्यौपानले घरसहितका संरचनामा कडा धक्कासहितको कम्पन भएको बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .