ad ad

समाज


‘संसारका सबै दुःखको कारण मन’, त्यसो भए के गर्ने?

‘संसारका सबै दुःखको कारण मन’, त्यसो भए के गर्ने?

रासस
कात्तिक १९, २०८० आइतबार ८:७, गण्डकी

विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीद्वारा आयोजित शनिबार आयोजित  ज्ञान योग, ध्यान, तथा साधना शिविरबाट सयौँले लाभ लिएका छन्। 

शिविरमा डा. योगी विकासानन्दले आत्मजागरण प्रवचनसँगै स्वासक्रिया साधना, ध्यान साधना, शक्तिपात साधनालगायत विभिन्न योगासनबारे प्रशिक्षण दिएका थिए। उनले संसारका सबै दुःखको कारण मन भएकाले मनलाई वशमा राख्न सक्ने मान्छे नै जीवनमा सफल हुने धारणा राखे। 

उनले भने, ‘स्वस्थ र तनावमुक्त जीवन बिताउन योग र ध्यान साधनाको मार्ग पछ्याउनुपर्छ।  शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी छ।  शरीर, आत्म र मस्तिष्क शुद्धीका लागि हरेकले योग साधनालाई अपनाउनुपर्छ।’

आधुनिक समाजमा डर, चिन्ताजस्ता समस्याबाट मानिस आक्रान्त बनेको उनले बताए। डरलाई जित्न ध्यान साधनासँगै सकारात्मक सोच र सङ्कल्प चाहिने डा विकासानन्दले बताए। पछिल्लो समय नसर्ने रोग जटिल समस्याका रूपमा देखापरेको भन्दै उनले त्यसबाट बच्न ध्यान र योगसाधनामा जोड दिए। 

शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आध्यात्मिक चिन्तनका माध्यमबाट वैयक्तिक र सामाजिक रुपान्तरण सम्भव रहेको धारणा राखे। उनले धार्मिक तथा आध्यात्मिक पर्यटनका हिसाबले पनि पोखराको प्रवर्द्धन भइरहेको बताए। 

डा. विकासानन्दले पोखरामै आश्रम स्थापना गरेर सुरु गरेको आध्यात्मिक जागरण अभियानमा महानगरले सहयोग गर्ने प्रमुख आचार्यले जानकारी दिए। ‘आजको यो ध्यान साधना शिविरमा पनि महानगर प्रवर्द्धकको भूमिकामा छ”, उनले भने, ‘योग, ध्यान तथा आध्यात्मिक ज्ञान र सीपको संरक्षणमा महानगर सधैँ साथमा रहन्छ।”

फाउन्डेसनका संयोजक धना पुनले मानिसमा सकारात्मक सोच, चिन्तनको अभिवृद्धि गराई जीवनशैली परिवर्तनमा सहयोग पुर्‍याउन  शिविरको आयोजना गरिएको बताए। उनले पछिल्लो समयमा व्याप्त हुँदै गएको मानसिक तथा मनोवैज्ञानिक समस्याबाट मुक्त हुन योग साधनाले ठूलो मद्दत गर्ने उनको भनाइ छ। 

शिविरमा जीवन जिउने असल तरिकाबारे पनि डा‍.  विकासानन्दले सहभागीलाई प्रशिक्षित गरेका थिए। शिविरमा मनको शक्ति प्रदर्शन, शक्तिपात प्रदर्शन, हावा ध्यान, सामूहिक शक्ति जाँचलगायतका अभ्यास गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .