ad ad

समाज


एनआरएनए केन्द्रीय समितिको बैठक आइतबार बस्ने

एनआरएनए केन्द्रीय समितिको बैठक आइतबार बस्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ११:३१, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औं बैठक आगामी आइतबार बस्ने भएको छ।

संघको ११ औं महाधिवेसनपछि संघका अध्यक्ष डा.बद्री केसीको अध्यक्षतामा बस्ने बैठकले संघभित्र हाल देखिएको विवाद र भावि योजनाका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो।
 
नेपाली समय साँझ ५ बजे भरर्चुअल माध्यमबाट हुने बैठकमा संघको पदाधिकारीहरुको कार्यविभाजन हुने बताइएको छ। बैठकले संघका विभागीय प्रमुखहरुको जिम्मेवारी तोक्ने तयारी गरेको छ। 

बैठकमा नयाँ कार्यसमितिका सदस्यहरु तथा कार्यदलमा मनोनयन बारे छलफल हुनेछ। 

बैठकमा हालसम्म संघको अभियानमा भएका प्रगति तथा थप उपलब्धिको लागि गर्नूपर्ने कार्ययोजनाका बारेमा छलफल गर्ने अजेन्डातय गरिएको छ।

संघको गत महिना सम्पन्न ११ औं महाधिवेसनमा सपथ खान छुटेका निर्वाचित पदाधिकारी तथा आइसीसी सदस्यहरुले  सोही बैठकमा सपथ लिने तयारी गरेका छन्। 

संघको विधानअनुरुप संस्थाको प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्यहरु तथा अध्यक्षले प्रवक्ता मनोनित गर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .