समाज


नेपालमा पश्चिमी वायुको प्रभाव

नेपालमा पश्चिमी वायुको प्रभाव

फाइल तस्बिर : पश्चिमी


नेपालखबर
कात्तिक १३, २०८० सोमबार ७:४५, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाको बिहानी बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

यसको अर्थ कतै कतै बादल देखिए पनि देशका धेरैजसो स्थानमा घाम लाग्नु हो। 

यस क्रममा दिउँसो देशका पहाडी भेगमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

मौसमविद्का अनुसार पश्चिमबाट प्रवेश गर्ने पश्चिमी वायुले मौसम बदली, वर्षा र हिमपात गराउँछ। तर यो जति शक्तिशाली हुन्छ, उति वर्षा र हिमपातको सम्भावना बढी हुन्छ। 

पश्चिमी वायु कमजोर अवस्थामा छ भने वर्षा र हिमपातको खासै सम्भावना हुँदैन। मौसमविद्का अनुसार एक/दुई स्थानमा मात्र सम्भावना हुनु भनेको वर्षा तथा हिमपातको सम्भावना निकै कम हुनु  हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .