जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नयाव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई कारबाहीमा परेका छन्।
कारबाहीमा परेपछि भट्टराईलाई हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत तानिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानीरिक्षक (डीआईजी) भीमप्रकास ढकालले भट्टराईलाई हुम्ला प्रहरीको जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि प्रदेशमा तानिएको जानकारी दिए।
तर, डीआईजी ढकालले के विषयमा डीएसपी भट्टराई कारबाहीमा परेका हुन् भन्ने खुलाएनन्।
‘भट्टराईमाथि अनुसन्धानका लागि प्रदेश तानिएको हो। उहाँमाथि थप अनुसन्धान भइरहेको छ,’ ढकालले भने।
प्रहरी उच्च स्रोतका अनुसार भट्टराईले रक्सी खाएर एक महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि कारबाहीमा परेका हुन्।
456
Shares

प्रतिक्रिया