ad ad

समाज


भीमभेदीमा स्कुटर दुर्घटना हुँदा काठमाडौँकी राज्यश्री थापाको मृत्यु

भीमभेदीमा स्कुटर दुर्घटना हुँदा काठमाडौँकी राज्यश्री थापाको मृत्यु

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार ६:५२, काठमाडौँ

मकवानपुरको भीमफेदीमा स्कुटर दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन्। 

भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधबार बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर आफैँ अनियन्त्रीत भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा काठमाडौँ महानगरपालिका २७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापाको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी थापाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनका श्रीमान मोटरसाइकल चालक ६५ वर्षीय शशिराज पाण्डे दुर्घटनामा गम्भीर घाइते भएका छन्।

स्कुटर सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो। पाण्डेको हेटौँडामै उपचार जारी रहेको प्रहरीले जनाएको छ। 

पतिपत्नी सवार स्कुटर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .