ad ad

समाज


दसैँको टीका लगाउन पाउँदा खुसी भए कैदीबन्दी

दसैँको टीका लगाउन पाउँदा खुसी भए कैदीबन्दी

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८० बुधबार ६:१६, तनहुँ

विजया दशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन्। 

विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले बडादसैँका दिन आफन्तको हातबाट टीका लगाएपछि खुसी भएका हुन्।

‘दसैँका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो,’ तनहुँ कारागारमा जेल सजाय भोगिरहनुभएका एक कैदीबन्दीले खुसी हुँदै भने, ‘कारागारमै हुँदा पनि सैँको टीका लगाउन पाएँ खुसी लागेको छ।’ 

कारागारमै रहेका अर्का एक कैदीले पनि दसैँ टीका लगाउन पाएकामा खुसी व्यक्त गरे। उनले भने,  ‘कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दसैँ मनाए जस्तो भयो । कारागारभित्रको अवस्था पनि दसैँमय बनेको छ।’

कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो। 

दसैँमा कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए । एक जनाका कैदीबन्दीका तर्फबाट दश जनासम्म आफन्त आएका थिए।

अधिकारीले भने, ‘समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउने व्यवस्था मिलाइएको थियो, टीका लगाउन पाउँदा उहाँहरुमा खुसीयाली छाएको छ।’ 

कैदीबन्दीले दैँ मनाउनका लागि आवश्यकपर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । त्यस कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गरिएको छ।

सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई तीन सय रुपैयाँका दरले रकम उपलब्ध गराउँछ, त्यो रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका थिए । तनहुँ कारागारमा दुई सय ८२ कैदीबन्दी छन्। 

दसैँका लागि कैदीबन्दीले मुढा बुन्ने काम पनि गरिरहेका छन् । मुढा बुनेर कैदीबन्दीले घरमा दसैँ खर्च पठाउने गरेका छन्। 

कारागारमा बुनिएको मुढा तीन सय ५० देखि एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो । उनका अनुसार दसैँमा पाँच लाख रुपैयाँ बराबरको मुढा बिक्री हुने अनुमान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .