ad ad

समाज


भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी युवक पक्राउ

भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी युवक पक्राउ

नेपालखबर
कात्तिक ५, २०८० आइतबार ७:२, भोजपुर

भोजपुरमा सात वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ।

आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफाको पानीमुनी शनिबार बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। 

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ। उनी बालिकाका छिमेकी हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीप कुमार पाठकका अनुसार बालिका गएको बिहीबार साँझ ६ बजेदेखि हराइरहेकी थिइन्। प्रहरी र स्थानीयले खोजी गर्ने क्रमममा शनिबार बालिकाको शव फेला परेको हो। 

शरीरको तल्लो भागमा कपडा नभएको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। 

शुक्रबार बिहानबाट इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट गएको प्रहरी टोलीले खोजी सुरु गरेको थियो।  

प्रहरी अनुसन्धानका क्रममा अन्तिम पटक दिपचन्द्रसँग बालिकाको भेट भएको खुलेपछि प्रहरी अनुसन्धान दिपचन्द्रप्रति सोझिएको थियो।

बालिकाका अभिभावकले पनि उनीमाथि कुनै शंका नगरेको अवस्थामा प्रहरीले उनलाई सोधपुछ गरेको थियो। उनले आफूलाई घटनाबारे केही थाहा नभएको बताएका थिए। 

तर प्रहरीले उनको कपडा खोलेर हेर्दा ढाडमा चिथोरेका घाउ भेटिएको थियो। त्यसपछि उनले घटना स्वीकारेका प्रहरीले जनाएको छ। 

बालिकाको शव पोष्टमर्टमका लागि प्रहरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .