समाज


सर्लाहीको सीडीओ बनेर मलंगवा पुगे कोमलप्रसाद धमला

सर्लाहीको सीडीओ बनेर मलंगवा पुगे कोमलप्रसाद धमला

नेपालखबर
असोज ३०, २०८० मंगलबार ७:६, काठमाडौँ

सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा कोमलप्रसाद धमला हाजिर भएका छन्। 

यसअघि दोलखाको सीडीओ रहेका धमलालाई सरकारले सर्लाही खटाएको हो। सोमबार मलंगवा पुगेर धमलाले प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका छन्।

यसअघि सर्लाहीको सीडीओ इन्द्रदेव यादव थिए। सरकारले यादवलाई केही दिनअघि मात्रै सर्लाहीबाट इलाम सरुवा गरेको थियो।

सर्लाही सदरमुकाम मलंगवामा केही समयअघि दुई समुदायबीच सामाजिक सद्भाव विथोलिने गरी द्वन्द्व बढेपछि एक साताभन्दा लामो सयमसम्म कर्फ्यु आदेशसहितका प्रशासनिक कडाइ गरिएको थियो। 

मलंगवाको अवस्था अहिले सामान्य छ। त्यतिबेला सर्लाहीसँगै बाँकेमा पनि सामाजिक सद्भाव विथोलिने घटना भएका थिए। त्यसपछि गृहमन्त्रालयले दुबै जिल्लामा सुरक्षा प्रमुखहरूको सेट नै फेर्ने निर्णय गरेको थियो। 

सोमबार जिल्ला प्रशासन कार्यालय मलंगवामा हाजिर भएका सीडीओ धमलालाई सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरे, राष्ट्रिय अनुसन्धानका सर्लाही प्रमुख सन्तोष ढुंगेल, प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पञ्जियारसहितले स्वागत गरेका थिए। 

सर्लाहीबाट एसपी नरेशराज सुवेदी सरुवा भएर काठमाडौं गएपनि अर्का एसपी अझै गएका छैनन्। सरकारले एसपी प्रवीण धिताललाई सर्लाही खटाएका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad