ad ad

समाज


मंगलबारबाट एनआरएनलाई नागरिकता वितरण गरिने

मंगलबारबाट एनआरएनलाई नागरिकता वितरण गरिने

नेपालखबर
असोज २९, २०८० सोमबार १८:१, काठमाडौँ

सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई भोलि (मंगलबार) बाट नागरिकता वितरण सुरु गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच नागरिकता वितरण कार्यक्रमको सुरुवात गर्नेछन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ७ बजे बालुवाटारमा नागरिकता वितरणको कार्यक्रम तय भएको छ। 

एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषद्ले पारित गरेको थियो। 

सोही अनुसार एनआरएनलाई पनि नागरिकता दिनेगरी कार्यक्रम शुभारम्भ गर्न लागिएको हो। 

गत १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले आफ्नो न्ययोर्क भ्रमणअघि नै एनआरएनलाई नागरिकता वितरण सुरु गर्न चाहना राखेका थिए। अमेरिकामा रहेका एनआरएन नयाँ सन्देश दिन उनले चाहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .