ad ad

बागमती


सहोदर भाइले गरे दाजुलाई खुकुरी प्रहार

सहोदर भाइले गरे दाजुलाई खुकुरी प्रहार

नेपालखबर
असोज २९, २०८० सोमबार १८:४, काठमाडौँ

मकवानपुरमा सहोदर भाईले दाजुमाथि खुकुरी प्रहार गरेका छन्।

जिल्लाको बागमती गाउँपालिका वडा नम्बर–९ बेतिनीमा ४७ वर्षीय जीवन बहादुर तुम सिंहले आफ्नै ४८ वर्षीय दाई अशोक तुम सिहंलाई खुकुरी प्रहार गरेका छन्।

आइतबार राति भाईको खुकुरी प्रहारबाट अशोक घाइते भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भाईले प्रहार गरेको खुकुरीले लागेर अशोकको घाटी र दाहिने हातमा चोट लागेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

खुकुरी प्रहार गर्ने जीवन फरार रहेको खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .