ad ad

समाज


इजरायलबाट फर्किएका विद्यार्थी भन्छन्- सँगैका साथी गुमाउँदा छातीभरि पीडा छ (भिडिओ)

इजरायलबाट फर्किएका विद्यार्थी भन्छन्- सँगैका साथी गुमाउँदा छातीभरि पीडा छ (भिडिओ)

नेपालखबर
असोज २६, २०८० शुक्रबार ८:४८, काठमाडौँ

इजरायलबाट स्वेदेश फर्किएका नेपाली विद्यार्थीले हमासको आक्रमणमा सँगैका साथी गुमाउँदा अत्यन्तै पीडा भइरहेको बताएका छन्। 

गएराति नेपाल एयरलाइन्सको जहाजबाट त्रिभुवन विमान स्थलमा उत्रिएपछि उनीहरुले  इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा चार दिनसम्म त्रासमा बस्दा भोगेको पीडा वर्णन गरे। 

सिरहा घर भएकी विद्यार्थी शोभा पासवानले इजरायलमा सँगैका साथीलाई गुमाउँदा अत्यन्तै पीढा भइरहेको बताइन्।

रामपुर कृषि क्याम्पसकी विद्यार्थी पासवान सुदूरपश्चिम विश्वविद्यालयबाट सिक्दै कमाउँदै कार्यक्रमको लागि इजरायल गएकी थिइन्। 

‘हमासको आक्रमणपछि आकाश पूरै कालो थियो, धुँवाले ढाकिएको थियो। आक्रमणबाट साथीहरु गुमाउँदाको पीढा छातीभरी छ,’ उनले भनिन्, ‘हामी त बाँचेर स्वदेश आउन पायौँ, तर सँगैका साथी गुमाउँदा जिन्दगीभर पीडा हुने भयो। ’

उनले चार दिनसम्म भोकैप्यासै बंकरभित्र बसेर ज्यान जोगाएको बताइन्। आक्रमणबाट साथीहरुको मृत्यु भएको थाहा पाउँदा बंकरभित्र मानसिक रुपमा निकै कमजोर बनेको भनाई छ।

‘सँगै गएको साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई हामीले गुमायौँ, विपिन जोशी भन्ने साथी गायब छ। तपाईंहरुले उसको खोजी गरिदिनुहोला। इन्टरमेटहरु गुमाउँदा कति पीडा हुन्छ म भन्न सक्दिनँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .