ad ad

समाज


प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई ६ वर्ष कैद, बिगो र जरिवाना सवा करोड

प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई ६ वर्ष कैद, बिगो र जरिवाना सवा करोड

नेपालखबर
असोज २५, २०८० बिहिबार २२:७, काठमाडौँ

विशेष अदालतले नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्नेलाई ६ वर्ष कैद र ६० लाख ७५ हजार जरिवाना सुनाएको छ। 

बिहीबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सो आदेश सुनाएको हो। 

आदेश अनुसार उनलाई त्यति नै रकम बिगो असुलउपर हुने उल्लेख छ।

दुई वर्षअघि प्रहरी सहायक निरीक्षक दिलीप कार्कीविरुद्ध दायर मुद्दामा विशेष अदालतले बिहीबार सजाय सुनाएको हो।

प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो।

कार्कीलाई ६० लाख ७५ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर हुने फैसलामा उल्लेख छ।

असइ कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .