ad ad

समाज


सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक किशोरको मृत्यु, अर्का एक गम्भीर घाइते

सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक किशोरको मृत्यु, अर्का एक गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८० मंगलबार १९:३२, सर्लाही

सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक किशोरको मृत्यु भएको छ। घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। 

हरिपुर नगरपालिका– १ जानकीनगर जंगलमा मंगलबार दिउँसो हात्तीले आक्रमण गर्दा रामेछापको सैपु गाउँपालिका– २, लिखुतामाकोशी घर भई हाल सर्लाहीकै हरिवन नगरपालिका ७ बस्ने १४ वर्षीय शिव दाहालको मृत्यु भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ।

घटनामा सोही ठाउँका ५१ वर्षीय छविलाल काफ्ले गम्भीर घाइते भएका छन्। हात्तीको आक्रमणबाट घाइते काफ्लेको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुलाई जानकीनगरको जंगलमा बस्तुलाई घाँस काट्न गएको बेला हात्तीले अक्रमण गरेको सर्लाहीका डिभिजन वन अधिकृत मञ्जुर अहमदले जानकारी दिए।

आक्रमणबाट किशोरको घटनास्थलमै मृत्यु भएको हो। काफ्लेले भने भागेर ज्यान जोगाएका छन्। दुई हात्तीले आक्रमण गर्न थालेपछि आफूले भागेर ज्यान जोगाएको काफ्लेले बताए। 

गत वर्षपनि सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो। 

‘सर्लाहीको जंगलमा विगत दुई तीन वर्षदेखि लगातार हात्ती देखिने गरेको छ,’ वन अधिकृत अहमदले नेपालखबरसँग भने, ‘हात्तीले मानवीय क्षति गर्न थालेपछि हामीले स्थानीयलाई सचेत हुन अनुरोध गरेका छौँ।’

उनले हात्ती देखिएको क्षेत्रमा हात्ती धपाउन सशस्त्र वन रक्षक परिचालन गरिएको जानकारी दिए। 

मृतक किशोरको शव परीक्षणका लागि मलंगवास्थित प्रदेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .