ad ad

समाज


बझाङका सीडीओ भन्छन्– आजै फेरि तीनपटक भूकम्प गयो, क्षतिको विवरण बुझ्दै छौँ

बझाङका सीडीओ भन्छन्– आजै फेरि तीनपटक भूकम्प गयो, क्षतिको विवरण बुझ्दै छौँ

फाइल तस्बिर : गत मंगलबार गएको भूकम्पबाट बझाङमा भएको क्षति।


नेपालखबर
असोज २०, २०८० शनिबार १३:४, काठमाडौँ

बझाङ केन्द्रबिन्दु भएर आज बिहान मात्रै तीनपटक भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले सबैभन्दा ठूलो ११ बजेर ४५ मिनेटमा गए पनि त्यसपछि ससाना धक्का दुईपल्ट महसुस गरिएको जानकारी दिए। 

‘हामी सदरमुकाममा छौँ, राम्रैसँग हल्लायो, आजै बिहान ३ पल्ट धक्का महसुस गरियो’, उनले भने, ‘भूकम्पले गर्दा यहाँ तमेलबजार नजिकै पहिरो गएर बाटो बन्द भएको थियो, पहिरो हटाएर भर्खरै खुलायौँ।’

भूकम्पका कारण जिल्ला अन्य स्थानमा क्षति भए/नभएको विषयमा आफू बुझ्ने चरणमै रहेको उनले बताए।   

यसअघि शुक्रबार र मंगलबार पनि बझाङ नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। 

उक्त भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। यस्तै सयौँ घरमा क्षति पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .